पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभागमा बुझाइयो
बुधबार, २५ चैत २०८२, १७ : ३४
काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागिरकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ । सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएकाले अध्यागमन विभाग बुझाएका छौँ ।”
यसैगरी, निज फ्रान्सेली नागिरक विगत छ वर्षदेखि आफ्नो नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएका, आर्थिक कारणले गर्दा निजहरुले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटपलगायत अन्य सामानहरु आफू बसेको होटलमा छोडी हिँडेका खुल्न आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण