सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मोरङमा भन्सार छली ल्याइएका डेढ लाख मूल्य बराबरका पेय पदार्थ बरामद, एक पक्राउ

बुधबार, २५ चैत २०८२, १८ : २२
बुधबार, २५ चैत २०८२

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा भन्सार छली भित्र्याइएका करिब डेढ लाख मूल्य बराबरका चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) बरामद गरेको छ।

भारतबाट अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका सामान भण्डारण गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ। सुनवर्षी नगरपालिका वडा नं. २ स्थित अमरदह बजारमा रहेको ‘पारस किराना पसल’ का सञ्चालक पारस साहलाई प्रहरीले पक्राउ गरेको हो। साहले आफ्नो घर र पसललाई गोदाम बनाएर बिल–बिजक नभएका भारतीय पेय पदार्थहरू लुकाएर राखेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले आइतबार दिउँसो छापा मारेको थियो।

चेकजाँचका क्रममा प्रहरीले साहको पसलबाट १ लाख ४५ हजार २०० रुपैयाँ बराबरको विभिन्न ब्रान्डका पेय पदार्थ फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बरामद गरिएका सामग्री र पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि मोरङको रानीस्थित भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप