मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न
अमेरिका । अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्थाको हालको चन्द्रमाको उडानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा समाप्त गर्दै फिर्तीको चरण सुरु गरेको छ ।
यसैबीच,अन्तरिक्ष संस्थाले सोमबार चन्द्रमाको नजिकको उडानमा खिचिएका पहिलो तस्वीरहरू सार्वजनिक गरेको छ र क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अप्रिल १० मा अन्तरिक्ष यानको अवतरण हुने घोषणा गरेको छ ।
अन्तरिक्ष यानको झ्यालबाट खिचिएको पहिलो तस्वीरमा बादलहरू सहितको मद्धिम नीलो पृथ्वी चन्द्रमाको गड्ठा सतहको पृष्ठभूमिमा देखिन्छ । संस्थाले तस्वीरमा देखिएको अँध्यारो पृथ्वीको भागमा रात भइरहेको जनाएको छ भने उज्यालो भागमा अस्ट्रेलिया र ओशिनिया क्षेत्रका बादलहरूको घुमावट देखिन्छ । तस्वीरको अगाडिको भागमा गड्ठा देखिन्छ ।
दोस्रो तस्वीरमा अन्तरिक्ष यानबाट हेर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाकेको देखिन्छ । सोमबार मिशनले मानवहरूले पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गरेको रेकर्ड तोड्यो। चालक दलले आफ्नो अन्तरिक्ष यानमा चार लाख १७१ किलोमिटरको पूर्व रेकर्ड तोडी, १९७० मा कायम गरिएको दूरी पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण