बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

इरानी वार्ताकार पाकिस्तान प्रस्थान

बिहीबार, २६ चैत २०८२, १२ : ०३
बिहीबार, २६ चैत २०८२

सारांश

  • इरान र अमेरिकाबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरानी प्रतिनिधिमण्डल आज पाकिस्तान प्रस्थान गरेका छन्।
  • इरानी वार्ता टोलीले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नेछन्।
  • वार्ता इरानले प्रस्ताव गरेको १० बुँदे योजनामा आधारित हुने इरानी राजदूतले बताएका छन्।

तेहरान । इरान र अमेरिकाबिच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरानी प्रतिनिधिमण्डल आज पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोग्हादामले उक्त जानकारी पुष्टि गरेका हुन् । 

उनका अनुसार वार्ता टोलीले शनिबार इस्लामवादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नेछ । मोग्हादामले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै वार्ता ‘इरानले प्रस्ताव गरेको १० बुँदे योजना’ मा आधारित हुने बताएका छन् । तर ती बुँदाहरू वास्तवमा के–के हुन् भन्ने विषयमा अझै स्पष्टता नभएको जनाइएको छ । 

कूटनीतिक पहललाई कमजोर बनाउन इजरायलद्वारा बारम्बार गरिएको युद्धविराम उल्लङ्घनका कारण इरानी जनमतमा शङ्का भए पनि वार्ता अगाडि बढाइने उनले बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप