आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छ: उपाध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आए पनि आर्थिक विकास र निजी क्षेत्रको प्रवर्द्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन् । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले सङ्घीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताए ।
उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत भदौ २४ गतेको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताए । निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उनको भनाइ रहेको छ । ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै ढकालले जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको औँल्याए । ठुला र गुणस्तरीय पूर्वाधार (कनेक्टिभिटी)को अभावमा उद्योगी व्यवसायीहरूको ढुवानी लागत अत्यधिक बढेको उनको भनाइ छ ।
मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको ढकालले बताए । गुणस्तरीय शिक्षा काठमाडौँ केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा पुग्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण