नेपालमा भित्रियो अनरको ‘Magic of 8’ सिरिज
यस सिरिजको सबैभन्दा आकर्षक पक्ष अनर Magic 8 Pro रहेको छ। फोटोग्राफीका सौखिनहरूका लागि यसमा २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा जडान गरिएको छ, जसले सानाभन्दा साना विवरणलाई पनि स्पष्ट रूपमा कैद गर्छ। कार्यक्षमतालाई तीव्र बनाउन यसमा पछिल्लो पुस्ताको Snapdragon 8 Elite Gen 5 छ प्रोसेसर प्रयोग गरिएको छ। साथै, ७१०० mAh को विशाल ब्याट्रीले प्रयोगकर्तालाई चार्जको चिन्ताबाट मुक्त राख्छ।
यस फोनमा रहेका एआई स्क्रिन सजेसन र एआई फोटो एजेन्ट जस्ता सुविधाहरूले प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट र सहज बनाएका छन्। Magic 8 Pro को प्रि-बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ, जसमा ३० हजार रुपैयाँ बराबरको अनर Pad X8b ट्याब्लेट उपहारका रूपमा दिइएको छ।
त्यसैगरी, स्टाइल र पावरको सन्तुलन खोज्नेहरूका लागि अनर X8d सार्वजनिक गरिएको छ। ७००० mब्ज ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ सुविधायुक्त यो फोन निकै स्लिम र आकर्षक छ। यसको मुख्य विशेषता भनेकै यसमा रहेको स्मार्ट एआई बटनु हो, जसको सहायताले प्रयोगकर्ताले सर्कल टु सर्च, एआई इरेजर र सुपर जुम जस्ता आधुनिक सुविधाहरू एकै क्लिकमा प्रयोग गर्न सक्छन्।
१०८ मेगापिक्सेल क्यामेरा र पानी तथा धुलोबाट जोगाउने IP65K रेटिङ भएको यो फोन ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भने खरिदमा अनर च्वाइस इयरबड्स निःशुल्क पाइनेछ।
अनरले ट्याब्लेट प्रयोगकर्ताका लागि अनर Pad X8b पनि बजारमा ल्याएको छ। ११ इन्चको आई- कम्फर्ट फुलभ्यू डिस्प्ले र १०१००mAh को ठूलो ब्याट्री क्षमता भएको यो ट्याब्लेट प्रिमियम मेटल बडीमा उपलब्ध छ। यो ट्याब्लेटले विशेषगरी विद्यार्थी र प्रोफेसनलहरूलाई उत्कृष्ट भ्यूइङ अनुभव र लामो समयको ब्याट्री व्याकअप प्रदान गर्नेछ।
अनरको यो नयाँ सिरिज नेपालभरका आधिकारिक स्टोरहरूमा उपलब्ध भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण