तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै
पर्सा । पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको झन्डै डेढ वर्षपछि बेलिब्रिज निर्माणको काम अघि बढेको हो ।
विक्रम संवत् २०८१ को बर्सातका कारण तिलावेमा पुल निर्माण कार्य रोकिएको थियो । पुल नभएपछि सो क्षेत्रमा सवारीसाधन गुडाउन समस्या हुँदै आएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले तिलाबे नदीमा रहेको पुल भत्किएको स्थानभन्दा केही तल करिब ४८ मिटर लामो बेलिब्रिज निर्माणको काम अघि बढाइएको बताए।
“तिलाबे पुलको पिलर क्षतिग्रस्त भएसँगै गत मङ्सिर महिनामा बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको होे,” उनले भने, “ठेक्का सम्झौताअनुसार तिलावेमा बेलिब्रिज २०८३ वैशाख अन्तिमसम्म निर्माण सम्पन्न हुनुपर्नेछ ।”
जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले तिलावे नदीमा बेलिब्रिज निर्माणका लागि २०८२ मङ्सिर २९ गते रु दुई करोड ४६ लाख ६० हजारमा ठेक्का सम्झौता गरेको थियो । वीरगञ्ज महानगरदेखि ग्रामीण क्षेत्रमा जाने व्यस्त सडकमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा यहाँका सर्वसाधारण सास्ती भोग्दै आएका छन् ।
निर्माण कम्पनी ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालिका इन्जिनियर मनोजकुमार मण्डलले तिलावे पुलको बेलिब्रिज निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको बताउनुभयो । तोकिएको समयमै काम सम्पन्न गर्ने उनले बताए । अहिले सो ठाउँमा डाइभर्सन गरेर अस्थायी रूपमा सवारीसाधन सञ्चालन गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण