अपडेट
बजेट लेख्न भन्दै अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द !
शुक्रबार, २७ चैत २०८२, १४ : ०९
सारांश
- बजेट निर्माण कार्यलाई व्यवस्थित बनाउन अर्थ मन्त्रालयले आफ्नो दक्षिण ढोका बन्द गरेको छ।
- मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट छलफल सुरु भएकाले सो मार्ग बन्द गरिएको सूचना टाँस गरेको छ।
काठमाडौँ । अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द भएको छ । अर्थ मन्त्रालयको पार्किङ एरियाबाट प्रवेश गर्न मिल्ने बाटो बन्द गरिएको हो ।
_muG4TigKu8.jpg)
मन्त्रालयले नयाँ आर्थिक वर्षका लागि बजेट छलफल कार्यक्रम चलिरहेको भन्दै सो बाटो बन्द गरेको सूचना टाँस गरेको छ । अहिलेसम्म सिंहदरबार छिर्ने जोकोहीलाई पनि अर्थ मन्त्रालयको कुनै कार्यकक्षसम्म पुग्न कुनै सोधिखोजी हुँदैन । तर, बजेट लेखनको समयमा भने कडाइ गर्ने गरिएको छ ।
_nROmLRxvDp.jpg)
खासगरी बजेट आउनभन्दा पछिल्लो दुई साता अघिदेखि यस्तो गर्ने गरिन्थ्यो । अहिले भने डेढ महिना समय बाँकी हुँदै र प्रारम्भिक चरणदेखि नै उक्त ढोका बन्द गरिएको छ ।
_1l4zR2WgLV.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण