थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
सारांश
- थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
- नगर सभाले सर्वसम्मत पारित गरेको उक्त बजेट सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा राजस्व बाँडफाँड र नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ ।
- आगामी बजेटले कृषि, पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा, महिला, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ ।
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार सम्पन्न थाहा नगर सभाको २१औँ अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेस गरेका हुन् ।
उनले पेस गरेको बजेट पेस भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णुबहादुर विष्टले निर्णयार्थ पेस गरेका थिए । उक्त बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो ।
थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विभिन्न कार्यक्रम तथा विकासका लागि विनियोजन गरेको ९० करोड ९७ लाख ४४ हजार रुपैयाँ सङ्घीय सरकारबाट समानीकरण अनुदान १२ करोड ४३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ३ लाख रुपैयाँ, सशर्त अनुदान ३१ करोड २८ लाख रुपैयाँ, राजस्व बाँडफाँड ११ करोड १० लाख ९१ हजार रुपैयाँ र दहत्तर बहत्तर १ करोड ५० लाख रुपैयाँसहित कुल ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड, ४० लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार रुपैयाँ र राजस्व बाँडफाँड ५ करोड ७४ लाख १३ हजार रुपैयाँ गरी जम्मा १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने उपमेयर गोपालीले बताए । नगरपालिकाले आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण तथा स्रोत व्यवस्थापनमार्फत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको उनले बताए ।
आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण