मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो ।
जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिएको हो ।
परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी रु ४०० रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिए । सहकारीमा हाल मालिका १, २ र ३ का महिलाहरु आबद्ध छन् ।
सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो, पिठोलगायतका खाद्यान्न पनि बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । हाल परियोजनाले मालिका गाउँपालिकामा कृषि र पशुसम्बन्धी उत्पादन र उत्पादकत्वसम्बन्धी काम गर्दै आएको परियोजना संयोजक पन्थीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण