बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
हेटौँडा । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो ।
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब नौ करोडमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत (अर्थात् रु २४ खर्ब २३ अरब) पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ । मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३÷०८४ को बजेटमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण