बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

शुक्रबार, २७ चैत २०८२, १५ : ३०
शुक्रबार, २७ चैत २०८२

सारांश

  • कतार सरकारले रमादानको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
  • कतारस्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिइएको हो।
  • आममाफी पाएका नेपालीहरू हाल स्वदेश फर्किने प्रक्रियामा रहेका छन्।

काठमाडौँ । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो । 

कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ । कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ । 

यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाउन चाहेन । साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।

आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप