शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल-भारत प्राध्यापक सम्मेलन काठमाडौँमा प्रारम्भ

शुक्रबार, २७ चैत २०८२, २१ : ३४
शुक्रबार, २७ चैत २०८२

सारांश

  • काठमाडौँमा नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु भएको छ।
  • सम्मेलनमा नेपाल र भारतका २७ जना प्राज्ञहरूले सहभागिता जनाएका छन्।
  • त्रिदिवसीय सम्मेलनमा नेपाली भाषा साहित्यको अध्यापन र अनुसन्धानबारे छलफल गरिनेछ।

काठमाडौँ । विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ ।

सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीन दिने सम्मेलनको शुभारम्भ गरे । २०३१ सालमा प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली भाषा साहित्यमा सर्वप्रथम विद्यावारिधि गरेका थिए । उनकै प्राज्ञिक नेतृत्वमा यो सम्मेलन हुँदै छ ।

यस सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ ।

नेपाली भाषा साहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत रहेका समेत सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईँले बताए। 

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका ६ वटा विश्वविद्यालयका दस्ताबेज प्रस्तुत गरिने छन् ।

सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गरे । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको प्रथम दिनको समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, प्रा.डा.कविता लामा, सल्लाहकार प्रा.केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी, सदस्यसचिव नरेन्द्रराज प्रसाईँ लगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पच्चिस जना प्रतिनिधि प्राज्ञहरूले आआफ्नो मन्तव्य राखेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप