प्रधानमन्त्री शाहलाई गाली गरेर सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
आइतबार, २९ चैत २०८२, ११ : ०६
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहसहितका नेताहरूलाई गालीगलौज गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ परेका छन्।
- पाँचथर प्रहरीले साइबर ब्युरोको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरी १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरुलाई गालीगलौज र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरी युट्युबरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी पाँचथरको टोलीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो ।
फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको पाँचथरका डीएसपी अनिश कर्णले रातोपाटीलाई बताए । प्रहरीको साइबर ब्युरोको अनुसन्धानको आधारमा उनी पक्राउ परेका हुन् ।
‘hades’ नामका युट्युब च्यानलमा प्रसारित सामग्रीको आधारमा उनी पक्राउ परेका हुन् । शुक्रवार पक्राउ गरेर आरोपी विरुद्ध प्रहरीले साइबर अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण