ललितपुर महानगरले सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा दिने
सारांश
- ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ।
- नगर प्रहरी, दमकल, एम्बुलेन्स र सरसफाइ जस्ता सेवाहरू अब सार्वजनिक बिदाका दिनमा पनि निरन्तर सञ्चालन हुनेछन्।
काठमाडौँ । ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ । सरकारले सार्वजनिक बिदा दिइएको शनिबार र आइतबार पनि महानगरबाट सेवा दिने निर्णय गरेको महानगरले जनाएको छ ।
विशेष गरी आकस्मिक र अत्यावश्यक प्रकृतिका सेवाहरूलाई लक्षित गर्दै महानगरले सार्वजनिक बिदाका दिनहरू समेत सेवा प्रवाह गर्ने जनाएको हो । यस्तो निरन्तर सेवा उपलब्ध हुने क्षेत्रहरूमा नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ र एकद्वार पर्यटन सेवा रहेका छन् । यी सेवाहरू जनताको दैनिक सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले कुनै पनि दिन बन्द नहुने गरी व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ ।
महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार सम्बन्धित विभाग र शाखामा कार्यरत कर्मचारीहरूलाई समेत तोकिएको समय र बिदाको तालिका अनुसार कार्य गर्न र गराउन निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण