डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
सारांश
- चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता गर्न माग गरेका छन् ।
- उनले चिकित्सा शिक्षामा विदेशी लगायतका विद्यार्थीको भर्ना संख्या बढाउने र चिकित्सा क्षेत्रलाई थप व्यापारीकरण गर्ने सरकारको योजनाप्रति ध्यानाकर्षण गराएका छन् ।
- विगतका सङ्घर्षहरूबाट स्थापित चिकित्सा शिक्षा आयोगलाई राजनीतिक हस्तक्षेप र स्वार्थ समूहहरूले अस्तित्वहीन बनाउन लागेको भन्दै डा. केसीले आपत्ति जनाए ।
काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता गर्न माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षामा विदेशीलगायतका विद्यार्थीको भर्ना संख्या वृद्धि गर्ने निर्णय फिर्ता नलिए अनसन बस्ने चेतावनी समेत दिएका छन्।
डा. केसीले चिकित्सा शिक्षामा विदेशी लगायतका विद्यार्थीको भर्ना संख्या बढाउने र चिकित्सा क्षेत्रलाई थप व्यापारीकरण गर्ने सरकारको योजनाप्रति ध्यानाकर्षण गराएका छन्।
नीति अनुसन्धान प्रतिष्ठानमार्फत ल्याउन लागिएका यस्ता सुझावहरूले चिकित्सा शिक्षाको गुणस्तर खस्कने र आम नेपालीको स्वास्थ्यमा खेलबाड हुने उनको ठहर छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म विपरीत माफिया र राजनीतिक दलहरूको स्वार्थ पूरा गर्न वर्तमान सरकार लागिपरेको आरोप लगाउँदै उनले 'रास्वपा र बालेन सरकार' लाई यसैका लागि जनताले चुनेका हुन् भनी प्रश्न समेत गरेका छन् ।
विगतका सङ्घर्षहरूबाट स्थापित चिकित्सा शिक्षा आयोगलाई राजनीतिक हस्तक्षेप र स्वार्थ समूहहरूले अस्तित्वहीन बनाउन लागेको भन्दै डा. केसीले आपत्ति जनाए ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सर्वसाधारणको समतामूलक पहुँचमा राख्नुपर्नेमा जोड दिँदै उहाँले सिट वृद्धि गर्ने लगायतका विवादास्पद नीति र निर्णयहरू तुरुन्त फिर्ता लिन माग गरे ।
उक्त निर्णयहरू खारेज नभएमा र आफ्ना पुराना मागहरू पूरा नगरिएमा पुनः सत्याग्रहसहितको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण