क्रिकेटर करण केसीलाई एक खेलमा प्रतिबन्ध
काठमाडौँ । तीव्र गतिका बलर करण केसीलाई प्रधानमन्त्री कपकाे एक खेलमा प्रतिबन्ध लगाइएको छ। अम्पायरसँग सम्बन्धित एक संवेदनशील विषयमा टिप्पणीपछि उनलाई खेलमा प्रतिबन्ध लगाइएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ । क्यानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खेलमा प्रतिबन्ध लगाएकाे हाे ।
प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिताका क्रममा करणले सामाजिक सञ्जालमा यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति म्याच ब्यान हुन्छ ? भन्ने आशयको टिप्पणी गरेका थिए। करणको यो अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै माफी मागे। उनले उक्त टिप्पणी मजाकका रूपमा गरेको बताउँदै त्यसबाट कसैलाई ठेस पुगेको भए क्षमायाचना गरेका थिए।
क्यानले करणलाई प्रधानमन्त्री कपको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण