मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
महासङ्घले आइतबार विज्ञप्ति जारी गरी देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारीखेती गर्ने संवेदनशील समयमा देशभर रासायनिक मलको अभाव भएको जनाउँदै आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको हो।
महासङ्घले विज्ञप्तिमा भनेको छ, “धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरूको जीवन, जीविका र नागरिकको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन्, यस्ता बालीहरूको खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र चर्को मूल्यमा मल किन्न बाध्य हुनु दुर्भाग्यपूर्ण छ । यो समस्या समाधान गरिनुपर्छ ।”
कालोबजारी नियन्त्रण, दीर्घकालीन रूपमा समस्या समाधानको योजना तर्जुमा र साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा मल वितरण गर्न पनि महासङ्घले माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण