फिल्म ‘पहाड’ को प्रिमिएरमा को- को पुगे ?
सारांश
- निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड' को कमलपोखरीस्थित बिग मुभिजमा प्रिमिएर सम्पन्न भएको छ ।
- यो फिल्म वैशाख १ गते नयाँ वर्षको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
- फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा पहाडमा देखिएको सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेको छ ।
काठमाडौँ । दिग्गज निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ प्रिमिएर भएको छ । आइतबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा वरिष्ठ अभिनेता नीर शाह, सरोज खनाल, शिव श्रेष्ठ, रेजिना उप्रेती, जितु नेपाल, दीपाश्री निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश उप्रेती, किरण केसी लगायत फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लै उपस्थिति थियो ।

प्रिमिएरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । नयाँ वर्षको अवसर पारेर मंगलबार (वैशाख १)बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको फिल्मका लेखकसमेत निर्देशक घिमिरे हुन् । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।

रञ्जित सिंह गजमेरको सङ्गीत रहेको फिल्मको उत्तम रसाइली प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । फिल्मको नेपाल वितरण वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण