इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी ‘गम्भीर सार्वभौमिकता उल्लङ्घन’
सारांश
- संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत आमिर सइद इराभानीले इरानी बन्दरगाहमा अमेरिकाले लगाएको नाकाबन्दीलाई सार्वभौमिकताको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेका छन्।
- इराभानीले उक्त नाकाबन्दी गैरकानुनी भएको र यसले समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त उल्लङ्घन गरेको दाबी गरेका छन्।
- अमेरिकाले पाकिस्तानमा शान्ति वार्ता असफल भएपछि सोमबारदेखि इरानी बन्दरगाहमा सबै देशका जहाजहरूका लागि नाकाबन्दी लागू गरेको छ।
तेहरान । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत आमिर सइद इराभानीले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दीलाई सार्वभौमिकताको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसलाई पठाइएको पत्रमा इरावानीले उक्त नाकाबन्दी गैरकानुनी भएको उल्लेख गर्दै यसले समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लङ्घन गरेको बताएका छन् ।
यसअघि, गुट्रेस स्ट्रेट अफ होर्मुजमा सबै पक्षलाई जलयानको स्वतन्त्र आवागमनको सम्मान गर्न आग्रह गरेका थिए । यो स्ट्रेट भएर विश्वभर खपत हुने झन्डै २० प्रतशत तेल र ग्यास आपूर्ति हुन्छ । अमेरिकाले सोमबार बिहान १४ः०० जस्एमटीदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको छ । पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएपछि यस्तो कदम चालिएको हो ।
अमेरिकी मध्य कमाण्ड सेन्टकमले उक्त नाकाबन्दी इरानी बन्दरगाह वा तटीय क्षेत्रमा प्रवेश गर्ने वा बाहिरिने सबै देशका जहाजहरूमा निष्पक्ष रूपमा लागू हुने जनाएको छ । तर, गैर–इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजहरूको स्ट्रेट अफ होर्मुज हुँदै आवतजावतमा अवरोध नगर्ने पनि स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण