सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
सम्पादकीय नेतृत्व

रातोपाटी डटकमको सम्पादकमा ज्ञवाली नियुक्त

मङ्गलबार, ०१ वैशाख २०८३, १६ : ५९
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन्।
  • वैशाख १ गतेदेखि लागु हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय बोर्ड बैठकले गरेको हो।
  • पत्रकारितामा तीन दशकको अनुभव भएका ज्ञवालीले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ । ‘रातोपाटी न्युज नेटवर्क’द्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन् । ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोहीअनुसार मङ्गलबार ललितपुरको बखुन्डोलस्थित रातोपाटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबिच उनलाई अध्यक्ष विजया शर्माले स्वागत गरिन् । 

गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका ज्ञवालीसँग पत्रकारिताको तीन दशक लामो अनुभव रहेको छ । उनले रातोपाटीअघि हिमाल खबर पत्रिका, समय (म्यागेजिन), राजधानी दैनिक, स्पेसटाइम दैनिक, दैनिक लुम्बिनी, भावना दैनिक, लुम्बिनी रिभ्यू डटकम, रेडियो लुम्बिनी, रासस लगायतका सञ्चार संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । उनी दुइ बर्ष गोरखापत्र संस्थानमा विज्ञ सल्लाहकारसमेत रहेका थिए ।

लिथो, लेटरप्रेसदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको अनुभव बोकेका ज्ञवालीले मिडिया टेक्नोलोजी, जोखिम पत्रकारिता, भ्रष्टाचार निवारण र आमसञ्चार जस्ता विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षण समेत दिँदै आएका छन् ।

ज्ञवालीको स्वागत कार्यक्रममा अध्यक्ष विजया शर्माले पाठकहरूको चाहनालाई ध्यानमा राखेर सम्पादक ज्ञवालीले आफ्नो भूमिका निर्वाह गर्ने विश्वाससहित सफल कार्यकालको शुभकामना दिइन् । 

bijaya sharma

यसैगरी संस्थापक ओम शर्माले ज्ञवालीको आवागमनले टिमलाई ऊर्जा मिलेको बताउँदै संस्थाले थप गति लिने विश्वास व्यक्त गरे । उनले पत्रकार दमकलजस्तै अहोरात्र चनाखो हुने उल्लेख गर्दै सम्पादकसँगको समन्वय र सहकार्यमा आ–आफ्नो स्थानबाट भूमिका खेल्न सबै सहकर्मीलाई आग्रह गरे ।  

om sharma

यसैगरी प्रबन्ध निर्देशक अर्जुन पन्तले संस्था सीमित स्रोत साधनका बाबजुद यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब ज्ञवालीको आगमनसँगै संस्थाले सोचेका तर गर्न नसकेका योजनाहरुलाई मूर्तरुप दिने विश्वास व्यक्त गरे ।   

arjun pant

यसैगरी प्रधान सम्पादक जिवेन्द्र सिम्खडाले ज्ञवाली आफ्नो पुरानो सहकर्मी भएको उल्लेख गर्दै उनको आगमनले संस्थाको प्रतिष्ठा अभिवृद्धि हुने  विश्वास व्यक्त गरे ।

एउटा सम्पादक सफल हुनु भनेको रातोपाटी सफल हुनु हो भन्दै सिम्खडाले ज्ञवालीका भिजन र आफ्ना भिजनहरूको संश्लेषण गरेर इमानदारिता, लगनशीलता र सिर्जनशीलताका साथ काम गर्न सहकर्मीहरुलाई आग्रह गरे । 

jibendra simkhada

सो अवसरमा सम्पादक दीपक ज्ञवालीले नयाँ जिम्मेवारीका लागि व्यवस्थापनप्रति आभार व्यक्त गर्दै सबै सहकर्मीको सहयोगमा संस्थालाई अर्को उचाइमा पुर्‍याउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।  

ज्ञवालीले भने, ‘सबैको साथ र सहकार्यले म संस्थालाई नयाँ गति दिने विश्वास दिलाउँछु । मेरो कार्यकालमा हामी अझै धेरै राम्रा र खोजमूलक सामग्रीहरू पस्किनेछौँ । हामी सबै मिलेर टिम वर्कका साथ रातोपाटीलाई नेपालकै सर्वोत्कृष्ट समाचार पोर्टल बनाउनेछौँ ।’

dipak gnawali

कार्यक्रममा रातोपाटीका सम्पूर्ण सहकर्मीहरुको सहभागिता रहेको थियो ।

1-18f3d7df-2232-4e1c-bbb2-dc60634fc086

1-9e25c959-910a-4edd-8a53-0db9570b66a3

1-9aabc168-14c5-43c8-9ca8-0ced51889fcc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप