हलिउडका १४०० भन्दा बढी कलाकारद्वारा पारामाउन्ट र वार्नर ब्रोजको मर्जरको विरोध
लस एञ्जलस । हलिउडका सयौँ ठुला कलाकार र फिल्ममेकरहरू सहित १ हजार ४०० भन्दा बढी व्यक्तिहरूले प्रस्तावित पारामाउन्ट र वार्नर ब्रोज डिस्कभरीबिचको मर्जरको विरोध गर्दै खुला पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त पत्रमा एम्मा थम्पसन, बेन स्टिलर, जाभिएर बार्डेम र रोज बार्नेसहित अन्य कलाकारहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले यो मर्जरले अमेरिकी मनोरञ्जन उद्योगमा प्रतिस्पर्धा घटाउने र अवसरहरू सीमित गर्ने चेतावनी दिएका छन् ।
हस्ताक्षरकर्ताका अनुसार यो सम्झौताले पहिले नै दबाबमा रहेको फिल्म र टीभी उद्योगलाई अझ बढी केन्द्रित बनाउनेछ । मर्जरले सिर्जनाकर्ताका अवसर घटाउने, रोजगारी कम गर्ने, सामग्री उत्पादनमा प्रतिस्पर्धा कमजोर पार्ने, दर्शकका लागि विकल्प घटाउने बताइएको छ । उक्त मर्जरको मूल्य करिब १११ अर्ब डलर अनुमान गरिएको छ । मर्जर प्रस्ताव अगाडि बढ्यो भने अमेरिकी प्रमुख फिल्म स्टुडियोहरूको संख्या झनै घट्ने र उद्योग केही ठुला कम्पनीमा सीमित हुने चेतावनी दिइएको छ ।
यस मर्जरको विपक्षमा रहेका अन्य कलाकारहरूमा क्रिस्टन स्टीवर्ट, ग्लेन क्लोज र क्रिस्टन स्कट थोमस पनि छन् । उनीहरूले स्पष्ट रूपमा विरोध जनाउँदै नियामक निकायहरूले सम्झौता रोक्नुपर्ने बताएका छन् । प्यारामाउन्ट स्काईडान्सले भने प्रतिक्रिया दिँदै यो मर्जरले सिर्जनाकर्ताहरूलाई थप अवसर दिने र धेरै परियोजनाहरूलाई समर्थन गर्ने दाबी गरेको छ ।
कम्पनीका अनुसार मर्जरपछि वार्षिक कम्तीमा ३० वटा उच्च गुणस्तरका फिल्महरू निर्माण गरी विश्वव्यापी रूपमा रिलिज गर्ने योजना छ । साथै, उनीहरूले “सृजनशीलतालाई प्राथमिकता दिँदै उद्योगलाई मजबुत बनाउने” बताएका छन् । यस मर्जरबारे अन्तिम निर्णय नियामक निकायहरूले गर्नेछन्, जसमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टालगायतको भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण