काठमाडौँ प्रहरीले भन्यो – ओली र लेखकमाथि अनुसन्धान जारी छ
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूमाथि अनुसन्धान जारी रहेको जानकारी गराएको हो ।
चैत १४ मा पक्राउ परेका ओली र लेखक सर्वोच्च अदालतको परमादेशको आधारमा चैत २६ मा रिहा भएका थिए ।
सर्वोच्चको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशनमा ज्यानसम्बन्धी कसुरका आरोपीद्ववयमाथि माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भ्रामक सूचना प्रकाशन, प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ ।
काठमाडौँ प्रहरीले भनेको छ, ‘स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालयसँगको राय परामर्शमा अनुसन्धान भइरहेको विषयमा अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकोले अप्रमाणित सूचना सिर्जना एवं प्रसारण नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण