सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
च्याम्पियन्स लिग

लिभरपुललाई हराउँदै पीएसजी सेमिफाइनलमा

बुधबार, ०२ वैशाख २०८३, ०४ : १४
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • पेरिस सेन्ट-जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुललाई २-० ले पराजित गर्दै पीएसजीले समग्रमा ४-० को जित निकालेको हो ।
  • पीएसजीको जितमा दुवै गोल उसमान डेम्बेलेले गरेका हुन् ।

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुललाई २–० ले पराजित गर्दै पीएसजीले समग्रमा ४-० को सानदार जित दर्ता गरेको हो ।

नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा पीएसजीको जितमा दुवै गोल उसमान डेम्बेलेले गरे । उनले खेलको ७२ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको अतिरिक्त समयमा दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

घरेलु टोली लिभरपुलले खेल अवधिभर कुनै गोल गर्न सकेन।  यो जितसँगै पीएसजीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ भने लिभरपुलको युरोपेली यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप