नेपाल वेलनेस इयर २०२७ को तयारी : क्यालेन्डर बनाउँदै पर्यटन बोर्ड
सारांश
- नेपाल पर्यटन बोर्डले 'नेपाल वेलनेस इयर २०२७' लाई सफल बनाउन विशेष क्यालेन्डर निर्माण गरिरहेको छ।
- बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले १५ लाख नेपालीलाई दैनिक १५ मिनेट आरोग्य गतिविधिमा सहभागी हुन आह्वान गरेका छन्।
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जोशीले कम्तीमा १५ लाख नेपालीलाई आफू जहाँ भए पनि दैनिक कम्तीमा १५ मिनेट आरोग्यका कुनै न कुनै गतिविधिमा सहभागी हुन आह्वान गरेका छन् । उनले यस अभियानलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यापक बनाउनसमेत आग्रह गरे ।
पर्यटन बोर्डले ‘नेपाल वेलनेस इयर २०२७’ का लागि विशेष क्यालेन्डर निर्माण गरिरहेको जानकारी पनि जोशीले दिए । उनले आरोग्य, वेलनेस, स्पा र मेडिटेसनसम्बन्धी काम गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई आफ्ना महत्त्वपूर्ण कार्यक्रमहरू सो क्यालेन्डरमा समावेश गर्न आग्रह गरे ।
उनले भने, ‘हामीले एउटा महत्त्वपूर्ण अभियानकै हिसाबले सार्वजनिक आह्वान गरेका छौँ । कम्तीमा १५ लाख नेपाली आफू जहाँ छन्, जुन अवस्थामा छन्, त्यहीँ कम्तीमा १५ मिनेट आरोग्यका गतिविधि गरेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने हाम्रो कार्यक्रम छ । त्यसैगरी घोषणा भएको 'नेपाल वेलनेस इयर २०२७' का लागि हामी एउटा क्यालेन्डर बनाउँदै छौँ । आरोग्य, वेलनेस, स्पा र मेडिटेसनसम्बन्धी काम गरिरहेका व्यक्ति वा संस्थाका महत्त्वपूर्ण कार्यक्रम छन् भने हामी त्यसलाई क्यालेन्डरमा समावेश गर्नेछौँ ।’
यस अभियानलाई सफल बनाउन सहकार्य र समन्वयका लागि बोर्ड सधैँ तयार रहेको पनि उनले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण