सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो

बुधबार, ०२ वैशाख २०८३, २३ : ०५
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३० रूपैयाँले वृद्धि गरेको छ।
  • निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी हवाई इन्धनको मूल्यमा ५ रूपैयाँले वृद्धि गरेको छ।
  • पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

काठमाडौँ  । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले नै वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ ।

यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।

671686459_2107283073387824_6573249226107620437_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप