बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितकला दिवस मनाइयो

बिहीबार, ०३ वैशाख २०८३, ०० : ४५
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकला दिवस मनायो र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्‍यो ।
  • ललितकला दिवस यस वर्षदेखि नियमित रूपमा मनाइने भएको छ, कुलपति हार्तम्छालीले जानकारी दिए ।
  • कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले ललितकलाको महत्वबारे चर्चा गरे र यसलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए ।

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ नक्सालमा ‘ललितकला दिवस तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रोमै समावेश गरेपछि यसपालि पहिलो पटक ललितकला दिवस मनाउन थालिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । प्रतिष्ठान स्थापना भएको दिनको अवसरमा मनाउन थालिएको यस दिवसलाई अब नियमित गर्नुपर्ने उनले बताए ।

विगतमा दिवसको अवसर पारेर राष्ट्रिय कला प्रदर्शनी हुँदै आएकामा पछिल्लो ३ वर्षदेखि गणतन्त्र दिवसका अवसरमा जेठ १५ गतेदेखि राष्ट्रिय कला प्रदर्शनी हुँदै आएकाले वैशाख २ गतेलाई ललितकला दिवसका रूपमा मात्रै बनाउन थालिएको कुलपति हार्तम्छालीले बताए ।

समारोहमा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले लामो सङ्घर्षपछि प्रतिष्ठान स्थापना भएकाले यसको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरे । दिवसलाई ललितकला क्षेत्रकै उत्सवका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले ललितकलालाई महत्त्व नदिएको महसुस हुने गरेको बताउँदै राज्य संयन्त्रले महत्त्व प्रसारका लागि भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला दिवसको ऐतिहासिक पृष्ठभूमि तथा महत्त्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञसभा सदस्य, पूर्वपदाधिकारीहरू, कलाकारलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप