‘कमेडी दरबार ३’ को ‘महाराज’ अवतारबारे विवाद, मनोज गजुरेलले मागे माफी
सारांश
- हास्यकलाकार मनोज गजुरेलले 'कमेडी दरबार ३'मा प्रयोग गरिएको 'महाराज' पात्रको पोशाकलाई लिएर उत्पन्न विवादप्रति माफी मागेका छन्।
- उनले उक्त पोशाक मार्फत कसैको भावनामा चोट पुर्याउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलले ‘कमेडी दरबार ३’का लागि प्रयोग गरिएको ‘महाराज’ पात्रको पोशाकलाई लिएर उत्पन्न विवादप्रति माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै उक्त पोशाक मार्फत कसैको भावनामा चोट पुर्याउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका हुन् ।
केही दिनअघि ‘कमेडी दरबार ३’को प्रचारका लागि सार्वजनिक गरिएको तस्विरमा गजुरेलले श्रीपेचसहितको ‘महाराज’को पोशाक लगाएका थिए । उक्त पोशाक र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी र आलोचना भएपछि उनले यसबारे आफ्नो धारणा राखेका हुन् ।
‘हाम्रो उद्देश्य कसैको मान–मर्दन गर्ने वा भावनामा चोट पुर्याउने कदापि थिएन’, गजुरेल भन्छन् ‘कार्यक्रमको ‘थिम’ अनुसार, कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र उक्त पात्रलाई प्रस्तुत गरेको थियो । तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमी–कमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौं ।’
गजुरेलले आगामी दिनमा नेपालका सांस्कृतिक गरिमा, ऐतिहासिक धरोहर र राष्ट्रिय सम्पदाका विषयमा हास्यव्यङ्ग्य गर्दा थप सचेत र जिम्मेवार रहने समेत जानएका छन् । देश र समाजलाई जोड्ने साझा तथा समावेशी कलाकारिता नै आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
उनले आफ्ना कमजोरी औंल्याएर सचेत गराउने सम्पूर्ण शुभेच्छुकहरू प्रति आभार आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण