सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
धारणा

सरकारविरुद्ध बोल्न सबै डराए, नबोलौँ भनेपनि सुख पाइएन : प्रसाईँ

शनिबार, ०५ वैशाख २०८३, १२ : ३१
शनिबार, ०५ वैशाख २०८३

काठमाडौँ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको आरोप लगाएका छन् । देशको समसामायीक राजनीतिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाए । 

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकोले सदन प्रतिपक्षविहीन बनेको उनले बताए । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेकोले सदन प्रतिपक्षीबिहीन बनेको उनको आरोप थियो । 

निर्वाचनको परिणामपछि सबै दल संकटमा रहेको र केही दलहरू फुटको डिलमा रहेकोले उनीहरुले नागरिकको पक्षमा आवाज उठाउन नसकेको प्रसाईँको भनाइ छ ।  सरकारको विकास सामाजिक सञ्जालमा सीमित रहेको उनले बताए । 

बालेन शाहमाथि आक्रामक रूपमा प्रस्तुत भएका उनले तीन महिना चुप लागौँ भन्दा पनि नबोली सुखै नपाएको उनले उल्लेख गरे । हिन्दु अधिराज्य कायम गर्ने, एसपीपी र एमसीसी खारेज गर्ने हो भने सरकारलाई साथ दिन आफू तयार रहेको उनले बताए । 

डीडीसीले किसानको ९ अर्ब रुपैयाँ अझै नतिरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क गर्छु भन्दै गर्दा १९ अर्ब स्वास्थ्य बीमाको रकम नतिरेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप