विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन
सारांश
- जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयहरूलाई शुल्क निर्धारणसहितको विवरण सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
- विद्यालयहरूले शैक्षिक तथा प्रशासनिक कागजातका साथै कक्षा १ देखि १२ सम्मको पाठ्यसामग्रीको विवरण पनि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
- तोकिएको समयसीमाभित्र विवरण नबुझाउने विद्यालयलाई कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का लागि लागू गरिने सम्पूर्ण शुल्क विवरण् सहित आवश्यक कागजात सात दिनभित्र पेस गर्न निर्देशन जारी गरेको हो ।
सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार सो निर्देशन गरिएको विज्ञप्तिमा जनाइएको छ । विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१ तथा विद्यालय वर्गीकरण एवम् शुल्क निर्धारण कार्यविधि, २०८१ अनुसार कुन वर्गमा विद्यालय पर्छ भन्ने स्पष्ट आधार खुलाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, कक्षा १ देखि १२ सम्म अध्ययन, अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पनि पब्लिकेसनका नाममा ठेगानासहित बुझाउनुपर्ने शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डेले बताइन् ।
सूचनामार्फत विद्यालयमा हुने अनियमितता रोक्न शुल्क व्यवस्थापन र शैक्षिक सामग्रीमा पादर्शिता कायम गर्न सो सूचना जारी भएको उनले जानकारी दिइन् । सूचना प्रकाशन भएको मितिले सात दिनभित्र विवरण पेस नगर्ने विद्यालयलाई कारबाही गरिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण