ओभल अफिसबाट बाइबल वाचन गर्ने ट्रम्पको तयारी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसबाट बाइबलको अंश सार्वजनिक रूपमा वाचन गर्ने तयारी गरेका छन्।
- अमेरिका रिड बाइबल नामक कार्यक्रममार्फत ट्रम्पले पश्चात्ताप र प्रार्थनासँग सम्बन्धित बाइबलको पद वाचन गर्नेछन्।
- यो कार्यक्रमले अमेरिकी सार्वजनिक जीवनमा इसाई धर्मको भूमिकालाई जोड दिने उद्देश्य राखेको छ।
वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता ओभल अफिसबाट बाइबलको एक अंश सार्वजनिक रूपमा वाचन गर्ने कार्यक्रम राखेका छन् । “अमेरिका रिड बाइबल” नामक कार्यक्रममा उनले भिडियो सन्देशमार्फत सहभागी हुने जनाइएको छ । आयोजकहरूका अनुसार, ट्रम्पले बाइबलको “टु क्रोनिकल ७ः११(२२” बाट पाठ गर्नेछन् । पश्चात्ताप, प्रार्थना र परमेश्वरतर्फ फर्किने सन्देश दिने उक्त अंश अमेरिकी इभान्जेलिकल समुदायमा निकै उद्धृत हुने गर्छ ।
यो कार्यक्रम ट्रम्प र पोप लियोबीच हालै भएको विवादपछि अझ चर्चामा आएको छ। उक्त विवाद इरानसँग सम्बन्धित तनावका विषयमा भएको थियो । त्यसैगरी, ट्रम्पले आफूलाई येशूको रूपमा देखाइएको एआई–निर्मित तस्बिर पोस्ट गरेर पछि मेटाएपछि पनि आलोचना भएको थियो ।
“अमेरिका रिड्क द बाइबल” कार्यक्रम एक सातासम्म चल्ने बताइएको छ, जसले अमेरिकी सार्वजनिक जीवनमा विशेषगरी इसाई धर्मको भूमिकालाई जोड दिने उद्देश्य राखेको छ । इतिहासविद् मार्गरेट सुसान थम्पसनका अनुसार उक्त बाइबल पदलाई धेरै इभान्जेलिकल क्रिश्चियनहरूले “राष्ट्रलाई आशिष दिलाउन परमेश्वरलाई आह्वान गर्ने आधार” को रूपमा लिने गरेका छन् ।
यसअघि पनि अमेरिकी नेताहरू जिम्मी कार्टर र जर्ज डब्ल्यू बुशले पनि आफ्नो धार्मिक विश्वासलाई राजनीतिक दृष्टिकोणमा प्रभाव पार्ने तत्त्वका रूपमा प्रयोग गरेका थिए, तर व्यक्तिगत विश्वासलाई सरकारी नीतिको रूपमा प्रस्तुत गर्ने अभ्यास भने सीमित रहेको विश्लेषण गरिएको छ ।
हाल ट्रम्प प्रशासनले सार्वजनिक कामकाजमा धार्मिक भाषाको प्रयोग बढाउँदै गएको देखिएको छ, जसले समर्थन र आलोचना दुवै उत्पन्न गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण