आयल निगमले भन्यो – कच्चा तेलसँग तुलना गरेर इन्धनको मूल्यबारे भ्रममा नपरौँ
सारांश
- नेपाल आयल निगमले कच्चा तेलको मूल्यसँग मात्र तुलना गरेर इन्धनको मूल्यबारे भ्रममा नपर्न आग्रह गरेको छ।
- नेपालले प्रशोधित इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रशोधित इन्धनको मूल्य नै आधार हुने निगमले स्पष्ट पारेको छ।
- ढुवानी, कर र भण्डारण खर्चका कारण पनि देश अनुसार इन्धनको खुद्रा मूल्य फरक हुने निगमको भनाइ छ।
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे प्रस्टीकरण दिएको छ ।
निगमका अनुसार क्रूड आयल (कच्चा तेल) को मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगो रहेको भन्ने विश्लेषण सही होइन । निगमका प्रवक्ता मनोज ठाकुरले नेपालमा आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।
'क्रूड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रूड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ,' उनले भने । नेपालले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतले पठाउने मूल्य प्रशोधित पेट्रोल र डिजेलको १५ दिनको औसत अन्तर्राष्ट्रिय मूल्यका आधारमा तय हुने भएकाले नेपालमा मूल्य समायोजन पनि सोही आधारमा हुने गरेको ठाकुर बताउँछन् ।
तथ्यांकअनुसार १६ अप्रिल २०२६ ९३ वैशाख २०८३० मा क्रूड आयलको मूल्य प्रति ब्यारेल ९९।६ अमेरिकी डलर हुँदा पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो ।
यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रतिब्यारेल पुगेको देखिन्छ ।
सामान्य अवस्थामा क्रूड आयल र पेट्रोलबिच करिब १० डलर तथा क्रूड आयल र डिजेलबिच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ ।
भन्सार, कर, ढुवानी, बिमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्ने हुँदा देशअनुसार इन्धनको मूल्य फरक फरक हुने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण