रोकिएन ट्रम्पको लोकप्रियता घट्ने क्रम
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन घटेर ३७ प्रतिशतमा पुगेको छ।
- एनबीसी न्युजको पछिल्लो सर्वेक्षणअनुसार ६३ प्रतिशत अमेरिकी नागरिकले उनको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्।
- इरानसँगको युद्ध व्यवस्थापनका कारण ट्रम्पको लोकप्रियतामा थप कमी आएको देखिएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादन प्रति जनसमर्थन घटिरहेको छ । एनबीसी न्युजको नयाँ सर्वेक्षणका अनुसार उनको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ ।
यो उनको दोस्रो कार्यकालको सबैभन्दा न्यून हो । आइतबार सार्वजनिक गरिएको सर्वेक्षणको नतिजाअनुसार ६३ प्रतिशत अमेरिकी वयस्कहरूले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्, जसमा ५० प्रतिशतले कडा असहमति व्यक्त गरेका छन् ।
विशेषगरी इरानसँगको युद्ध व्यवस्थापनप्रति असन्तुष्टि उच्च देखिएको छ । केवल ३३ प्रतिशतले मात्रै युद्ध सञ्चालनप्रति समर्थन जनाएका छन् भने ६७ प्रतिशतले विरोध गरेका छन् ।
राजनीतिक आधारमा हेर्दा यो विषयले अमेरिकी जनतालाई स्पष्ट रूपमा विभाजित गरेको छ । सर्वेक्षणअनुसार डेमोक्रेट र स्वतन्त्र मतदातामध्ये ८२ प्रतिशतले युद्धको विरोध गरेका छन् भने रिपब्लिकन समर्थकमध्ये ७४ प्रतिशतले समर्थन जनाएका छन् ।
युवाहरूमा युद्धप्रति विरोध झनै बलियो देखिएको छ । वयस्कमध्ये ६१ प्रतिशत उत्तरदाताले इरानमा अमेरिकाले थप सैन्य कारबाही गर्नु नहुने बताएका छन् ।
उता, ३० वर्षमुनिका उमेर समूहमा भने यस्तो भन्नेको सङ्ख्या ७४ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण