पार्कलाई अफिस बनाउँदैछ दुबई
सारांश
- दुबई नगरपालिकाले सार्वजनिक पार्कहरूलाई कार्यस्थलका रूपमा प्रयोग गर्न 'वर्क फ्रम पार्क' पहल सुरु गरेको छ।
- यस परियोजनाअन्तर्गत सन् २०२६ मे महिनादेखि अल बर्श पन्ड पार्कमा व्यवस्थित कार्यस्थलको सुविधा सुरु हुनेछ।
- पार्कभित्र इन्टरनेट, डेस्क र सिटको व्यवस्था गरी प्रकृतिको बीचमा काम गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँ। दुबईस्थित दुबई नगरपालिकाले सार्वजनिक पार्कहरूलाई नयाँ ढङ्गले प्रयोग गर्ने उद्देश्यसहित “वर्क फ्रम पार्क” नामक पहल सुरु गरेको छ ।
यस योजनाले हरियालीयुक्त खुला स्थानलाई केवल मनोरञ्जन वा घुमफिरका लागि मात्र नभई आधुनिक कार्यस्थलका रूपमा पनि विकास गर्ने लक्ष्य राखेको छ । बदलिँदो विश्वव्यापी काम गर्ने शैली, विशेष गरी रिमोट र हाइब्रिड वर्कलाई ध्यानमा राख्दै यो अवधारणा अघि सारिएको हो ।
यो परियोजनाअन्तर्गत पार्कभित्र नै काम गर्न मिल्ने व्यवस्थित क्षेत्रहरू निर्माण गरिनेछ, जहाँ डेस्क, आरामदायी सिट व्यवस्था, इन्टरनेट सुविधा र कामका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध हुनेछ ।
यसले कार्यालयमै बसेर काम गर्नु पर्ने परम्परागत अवधारणालाई परिवर्तन गर्दै प्रकृतिको बीचमा बसेर काम गर्ने नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । साथै पार्कको मनोरञ्जनात्मक वातावरणलाई जोगाउँदै काम र आराम दुवैलाई सन्तुलनमा राख्ने योजना बनाइएको छ ।
पहिलो चरणमा यो सुविधा सन २०२६ मे महिनामा अल बर्श पन्ड पार्कमा सुरु हुने छ । त्यसपछि अन्य पार्कहरूमा पनि क्रमशः विस्तार गर्ने योजना छ ।
पार्कको प्राकृतिक सौन्दर्य र सार्वजनिक उपयोगिता दुवै कायम रहोस् भनेर प्रत्येक स्थानलाई स्थानीय आवश्यकता र वातावरणअनुसार डिजाइन गरिनेछ । यस परियोजनाका लागि ग्रुप आमना र लेट्सवर्कसँग सहकार्य गरिएको छ । ग्रुप आमनाले यस परियोजनका लागि आधुनिक मोड्युलर बनाउने प्रविधि प्रयोग गरी संरचना तयार गर्नेछ, जसले छिटो निर्माण, कम फोहोर र वातावरणमैत्री डिजाइन सुनिश्चित गर्नेछ ।
त्यस्तै लेट्सर्कले भने डिजिटल प्रणालीमार्फत प्रयोगकर्तालाई कार्यस्थल बुकिङ, हाट डेस्क, बैठक कोठा र अन्य क्रिएटिभ स्पेसहरूको पहुँच उपलब्ध गराउनेछ।
लेट्सवर्कका सह संस्थापक ओमार अल्म्हेइरीले यो पहललाई भविष्यको कार्यशैली परिवर्तन गर्ने महत्त्वपूर्ण कदम भन्दै यसले मानिसहरूलाई परम्परागत अफिसभन्दा बाहिर पनि उत्पादक र प्रेरणादायी वातावरणमा काम गर्ने अवसर दिने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण