ट्रक व्यवसायीद्वारा रुपन्देही प्रशासनमा ध्यानाकर्षण
सारांश
- रुपन्देहीका ट्रक व्यवसायीहरूले भारतीय सवारीसाधनसँग प्रतिस्पर्धा गर्दा भोग्नुपरेको समस्याबारे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका छन्।
- व्यवसायीहरूले उच्च कर, इन्धनको मूल्य र सञ्चालन खर्चका कारण नेपाली सवारीसाधन प्रतिस्पर्धामा पछाडि परेको गुनासो गरेका छन्।
- मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी व्यवसायीहरूले दिएका छन्।
बुटवल । ट्रक व्यवसायीहरूले भारतीय सवारीसाधनसँग प्रतिस्पर्धा गर्दा देखिएका समस्याबारे रुपन्देही जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ध्यानाकर्षण गराएका छन्।
व्यवसायीहरूले सहायक प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्य मार्फत ज्ञापनपत्र बुझाउँदै उच्च कर, इन्धन मूल्य र सञ्चालन खर्चका कारण नेपाली सवारीसाधन भारतीय सवारीसँग प्रतिस्पर्धा गर्न नसकेको बताएका छन्।
उनीहरूले भारतीय सवारीसाधन कम लागतमा सञ्चालन हुने हुँदा नेपाली व्यवसायी आर्थिक रूपमा प्रभावित भएको उल्लेख गरेका छन्।
वर्तमान अवस्थामा व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाउँदै समस्या समाधानका लागि सम्बन्धित निकायबाट शीघ्र, प्रभावकारी र सकारात्मक पहल आवश्यक रहेको उनीहरूको माग छ।
ट्रक व्यवसायी पंकज राइको नेतृत्वमा सन्तोष तामाङ, धनबहादुर थापा, टेकबहादुर थापा र लालबहादुर तामाङलगायत प्रशासन कार्यालय पुगेका थिए। मागप्रति बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धअघि कै स्तरमा झर्यो विश्व बजारमा कच्चा तेलको मूल्य
-
डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने
-
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
-
सरकारी साक्षी बनेका विकास चापागाईंविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण