फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त, ४ वर्षका लागि थपियो कार्यकाल
सोमबार, ०७ वैशाख २०८३, १८ : ३१
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिले संस्थागत नेतृत्वको निरन्तरताका लागि कुमारलाई नै आगामी कार्यकालको जिम्मेवारी दिने निर्णय गरेको हो।
सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि र फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ।
उनी फोनेपेको स्थापनाकालदेखि नै आवद्ध रहेका थिए र प्रमुख प्रविधि अधिकृतको रूपमा कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
हाल फोनेपेको सञ्जालमा दैनिक २५ लाखभन्दा बढी कारोबार र १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार मूल्य पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका चार उपमहानगरको बजेट सार्वजनिक : कसको बजेट कति ?
-
केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी
-
काममा खुसी महसुस कसरी गर्ने ?
-
'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
-
सकियो समूह चरणका दोस्रो खेलहरूः कसलाई बलियो मान्ने ?
-
आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण