बझाङमा एक पुरुष मृत फेला
मङ्गलबार, ०८ वैशाख २०८३, ०८ : १३
सारांश
- बझाङको बित्थडचिर गाउँपालिका-५ मा ३५ वर्षीय किशन धामी मृत अवस्थामा फेला परेका छन्।
- मृतक धामीको शव सोमबार धामीगाउँ चिल्लापानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
- प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
धनगढी । बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बित्थडचिर गाउँपालिका–५ धामीगाँउ चिल्लापानी स्थित सोही ठाउँ बस्ने ३५ वर्षीय किशन धामी सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण