शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

घामबाट धापिएर आउनेबित्तिकै नुहाउने बानी छ ?

मङ्गलबार, ०८ वैशाख २०८३, १६ : ११
मङ्गलबार, ०८ वैशाख २०८३

काठमाडौँ । गर्मीमा चर्को घाम पसिना र लूबाट बच्न गाह्रो हुन्छ ।

तर काम परेपछि जत्तिसुकै गर्मी किन नहोस् घरबाट निस्कनुपर्छ । पसिनाले भिजेपछि हाम्रो दिमागमा आउने पहिलो कुरा घर पुगेपछि तुरुन्तै नुहाउँछु भन्ने हो । तर घामबाट धापिएर आउनेबित्तिकै तुरुन्तै नुहाउनु ठीक हुन्छ त ?

शरीरको तापक्रम बिग्रन सक्छः घामबाट आउनेबित्तिकै तुरुन्तै चिसो पानीले नुहाउनुभयो भने तपाईंको शरीरको तापक्रम द्रुत गतिमा घट्न सक्छ, जसले गर्दा चक्कर लाग्ने, थकान वा कमजोरी हुन सक्छ । 

रक्तसञ्चार प्रभावित हुन सक्छः चर्को घामबाट घर फर्किनेबित्तिकै नुहाउँदा रक्तनलीहरू द्रुत गतिमा खुम्चिन सक्छन् । अचानक हुने यस्तो परिवर्तनले रक्तसञ्चारलाई असर गर्न सक्छ, जसले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने वा अस्वस्थ रक्त प्रवाह हुन सक्छ । 

मुटुको धड्कन बिग्रन सक्छः मुटुसँग सम्बन्धित समस्या वा अनियमित रक्तचाप भएकाहरूका लागि, घाम तापेपछि तुरुन्तै चिसो पानीले नुहाउनु जोखिमपूर्ण हुन सक्छ । तापक्रममा ठूलो भिन्नताले मुटुको धड्कनमा तनाव दिन सक्छ । 

कति समयपछि नुहाउनु पर्छ ? 

घाम धापिएर घर आएपछि कम्तीमा १५ देखि २० मिनेटसम्म शरीरलाई आराम गर्न, सेलाउन दिनु फाइदाजनक हुन्छ । यस समयमा शरीरको तापक्रम सामान्य स्तरमा फर्कन्छ र पसिना आउन रोकिन्छ । गर्मीमा बाहिरबाट घर छिरेपछि कम्तीमा एकछिन पर्खिएर नुहाउनु सुरक्षित मान्न सकिन्छ । 

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैं विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप