आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
मस्यौदा

कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठ)

मङ्गलबार, ०८ वैशाख २०८३, १६ : १६
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ।
  • समितिका सभापति गणेश पराजुलीले ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची भएको मस्यौदा हस्तान्तरण गरेका हुन्।
  • सभामुख अर्यालले संविधान र कानुनको व्यवस्था आत्मसाथ गर्दै नियमावली प्रक्रियागत रूपमा पारित गर्ने बताएका छन्।

काठमाडौँ । प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । मंगलबार समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् । 

मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए । उनले संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने बताए । 

मस्यौदा समितिले बुझाएको नियमावलीको मस्यौदामा ३० परिच्छेद २६३ दफा ७ अनुसूची छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप