वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष गुरुङलाई स्पष्टीकरण सोधियो
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङलाई स्पष्टीकरण सोधिएको छ। सङ्घको आज बसेको कार्यसमिति बैठकले अध्यक्ष गुरुङलाई स्पष्टीकरण सोधेको हो ।
कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्ष गुरुङसँग विभिन्न विषयमा लिखित स्पष्टीकरण माग गरिएको हो । सङ्घका महासचिव महेश बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सङ्घको कार्य प्रणाली, निर्णय प्रक्रिया तथा सल्लाहकारसम्बन्धी विषयमा विवाद, गुनासा तथा गम्भीर प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक देखिएको उल्लेख छ ।
पत्रअनुसार अध्यक्ष गुरुङले कार्यसमिति सदस्यहरूलाई पर्याप्त जानकारी नदिई विभिन्न निर्णय प्रक्रिया अघि बढाएको, औपचारिक बैठक आह्वान नगरी अनौपचारिक ढङ्गबाट निर्णय गरिएको, केही निर्णयहरू सबै पदाधिकारी तथा सदस्यहरूलाई जानकारी नदिई गरिएको जस्ता आरोपहरू लगाइएको छ ।
साथै सल्लाहकारहरूलाई पदमुक्त गरिएको विषय पनि विवादको रूपमा उठाइएको छ। कार्यसमितिले विशेष गरी २०८३–०१–०६ गते भएको भनिएको बैठक कहाँ, कहिले र कसरी बसेको हो, उक्त बैठकको आधिकारिक अभिलेख, उपस्थित सदस्य सङ्ख्या, सूचना पठाउने प्रक्रिया, छलफलका विषय तथा निर्णय बहुमत वा सर्वसम्मत कसरी भएको थियो भन्नेबारे स्पष्ट विवरण माग गरेको छ ।
यस्तै, सल्लाहकार हटाउने निर्णय किन र कसरी गरियो, त्यसको आधार के हो भन्ने विषयमा पनि स्पष्ट पार्न भनिएको छ। कार्यसमितिले यी सबै विषयमा लिखित रूपमा स्पष्ट जवाफ पेस गर्न अध्यक्ष गुरुङलाई आग्रह गरेको छ।
पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डलाई समेत पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका चार उपमहानगरको बजेट सार्वजनिक : कसको बजेट कति ?
-
केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी
-
काममा खुसी महसुस कसरी गर्ने ?
-
'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
-
सकियो समूह चरणका दोस्रो खेलहरूः कसलाई बलियो मान्ने ?
-
आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण