शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन: पाकिस्तानी अधिकारी
मङ्गलबार, ०८ वैशाख २०८३, २३ : १०
सारांश
- इरानले शान्ति वार्तामा सहभागी हुनेबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
- पाकिस्तानले वार्ताका लागि इरानको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।
- पाकिस्तान मध्यस्थकर्ताको भूमिकामा छ र इरानसँग सम्पर्कमा रहेको छ।
काठमाडौँ । शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेखेका छन्, “पाकिस्तानले इस्लामवादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।”
तरारले भनेका छन्, “पाकिस्तानले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ र तेहरानसँग निरन्तर सम्पर्कमा छ । पाकिस्तानले कूटनीति र संवादलाई निरन्तरता दिइरहेको छ।” उनले दुई हप्ताको युद्धविरामको समयसीमा अघि नै वार्तामा भाग लिने इरानको निर्णय हुनु महत्त्वपूर्ण रहेको बताए ।
उनले थपे, “पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको वार्तामा सामेल हुन मनाउन गम्भीर प्रयास गरेको छ र यी प्रयासहरू जारी छन्।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण