जेनजी विद्रोहको विषयमा ‘बफिन्स ९८’ ले ल्यायो नयाँ गीत
सारांश
- पोखरेली साङ्गीतिक समूह ‘बफिन्स ९८’ ले जेनजी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर ‘हाम्रो आवाज–नयाँ नेपाल’ गीत सार्वजनिक गरेको छ।
- यस गीतले भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको सङ्घर्षलाई मुख्य विषय बनाएको छ।
- गायक सञ्जीव गुरुङको शब्द तथा स्वर रहेको यस गीतले युवाहरूलाई देश निर्माणमा जुट्न आह्वान गरेको छ।
काठमाडौँ । पोखरेली साङ्गीतिक समूह ‘बफिन्स ९८’ले जेनजी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘हाम्रो आवाज–नयाँ नेपाल’ ल्याएको छ । गीतको भिडियोले विशेष गरी २०८२ साल भाद्र २३ गते देशैभरका युवाहरूले परिवर्तनको खातिर उठाएको बुलन्द आवाज र सडक सङ्घर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।
बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता माथिको नियन्त्रण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध लगायतका सरकारी कदमको विरोधमा उत्रिएका युवाहरूको कथालाई यस गीतले मुख्य विषयवस्तु बनाएको छ ।
गायक सञ्जीव गुरुङको शब्द तथा स्वर रहेको गीतले युवाहरूलाई आफ्नै माटोमा फर्किएर देश निर्माणमा जुट्न आह्वान गरेको छ । यसअघि पनि ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता दर्जनौँ कालजयी देशभक्तिपूर्ण र सामाजिक चेतका गीत पस्किसकेको यस समूहले देश परिवर्तनको अपरिहार्यतालाई पुनः एक पटक साङ्गीतिक धुनमार्फत प्रस्ट्याएको छ । गीतको सङ्गीत संयोजन गायक गुरुङ र सुमन तामाङले संयुक्त रूपमा गरेका हुन् भने पोखरास्थित एपोस्टल रेकर्डिङ स्टुडियोमा सुमन तामाङले नै यसको ध्वनि मिश्रण गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा आन्दोलनमा देखिएको युवा उभार, विभिन्न कलाकारहरूले कलामार्फत जनाएको ऐक्यबद्धताका साथै हिमाल, पहाड र तराईका आम नेपालीको श्रम र जीवनशैलीलाई समेटिए को छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण