रुवान्डाविरुद्ध नेपालले जितका लागि ८९ रन बनाउनुपर्ने
सारांश
- रुवान्डाले आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपाललाई जितका लागि ८९ रनको लक्ष्य दिएको छ।
- रुवान्डाका सबै खेलाडी १९.४ ओभरमा ८८ रन बनाएर आउट भएका छन्।
- नेपालका लागि रचना चौधरीले सर्वाधिक ३ विकेट लिएकी छिन्।
किगाली । आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा रुवान्डाले नेपालसामु जितका लागि ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । गहंगा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको हो ।
टोलीका लागि एलिस इकुजवे सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् ।
त्यसैगरी, विकेटकिपर मर्भिल उवासेले १५ रन तथा क्लेरिस उवासेले १३ रन बनाइन् । खेलको अन्त्यतिर रोसिन इरेराले १२ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि रचना चौधरीले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । कविता कुँवर र पूजा महतोले २-२ विकेट तथा मनिषा उपाध्याय र रिया शर्माले १-१ विकेट हात पारे ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा पुनरागमन गर्दै इटालीलाई ५० रनले हराएको थियो ।
नेपालले यस खेलपछि शुक्रबार भानुआटुसँग र आइतबार अमेरिकासँग खेल्ने तालिका छ। त्यसपछि २८ अप्रिलमा पुनः रुवान्डासँग, ३० अप्रिलमा भानुआटुसँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी १ मेसम्म रुवान्डामा चल्नेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
-
चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारीमा कोशी प्रदेश
-
कीर्तिमानी कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीलाई रविको बधाई
-
नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
-
सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण