कीर्तिमानी कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीलाई रविको बधाई
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।
- मोदीले जवाहरलाल नेहरूको ४ हजार ३ सय ९८ दिनको रेकर्डलाई तोड्दै ४ हजार ३ सय ९९ दिन पूरा गरेर यो कीर्तिमान राखेका हुन् ।
- लामिछानेले मोदीसँगको दिल्ली भेटघाट स्मरण गर्दै नेपाल-भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउन रास्वपा दृढ रहेको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले इतिहासमै सबैभन्दा लामो समय लगातार देश चलाउने निर्वाचित नेताको कीर्तिमान आफ्नो नाममा गरेपछि लामिछानेले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै बधाई ज्ञापन गरेका हुन् ।
सन् २०१४ मे २६ मा पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले बुधबार यस पदमा आफ्नो कार्यकालको ४ हजार ३ सय ९९ दिन पूरा गरेर यो नयाँ रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको थियो । नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा ४ हजार ३ सय ९८ दिन देशको नेतृत्व गरेका थिए ।
सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समा लेख्दै केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भएको आफ्नो भेटघाट र त्यस क्रममा भएका महत्त्वपूर्ण छलफलहरूलाई स्मरण गरेका छन् । दिल्लीको सोही संवादको भावनालाई आत्मसात् गर्दै आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन रास्वपा दृढ रहेको उनले स्पष्ट पारेका छन् ।
आफ्नो शुभकामना सन्देशमा लामिछानेले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समृद्ध नेपालको परिकल्पनाबाट निर्देशित हुँदै हामी नेपाल–भारत सम्बन्धलाई अझ अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’ उनले नेपाल र भारतबीचको आपसी हितका मुद्दाहरू, विशेष गरी आर्थिक सहकार्य र दुवै देशको साझा विकासका एजेन्डाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आफूहरू उत्सुक रहेको उल्लेख गरेका छन् ।
Warmest congratulations to PM Shri @narendramodi ji on the historic milestone of becoming India’s longest-serving elected Prime Minister of India, a remarkable feat.
— Rabi Lamichhane (@hamrorabi) June 10, 2026
I fondly recall our recent meeting in Delhi and the insightful discussions we shared. Guided by the Rastriya…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण