उद्योग वाणिज्य महासङ्घको कार्यालय अगाडि १८ वस्तुगत सङ्घको प्रदर्शन
बुधबार, ०९ वैशाख २०८३, १५ : ०५
काठमाडौँ । १८ वटा विभिन्न वस्तुगत सङ्घ तथा महासङ्घहरूले आफ्नो सदस्यताको माग राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालय टेकुमा विरोध प्रदर्शन गरेका छन्। लामो समयदेखि सदस्यता प्रक्रिया अड्किएको भन्दै आक्रोशित बनेका सङ्घका प्रतिनिधिहरूले महासङ्घको नेतृत्वविरुद्ध नाराबाजी समेत गरेका हुन्।

महासङ्घको केन्द्रीय कार्यसमिति बैठक आजै बस्दैछ र सोही बैठकले यी १८ वटा संस्थाहरूको सदस्यताको विषयमा अन्तिम निर्णय गर्ने कार्यतालिका रहेको छ। बैठकमा हुन सक्ने सम्भावित उल्टो निर्णय वा आलटाललाई रोक्न र नेतृत्वमाथि दबाब बढाउन व्यवसायीहरू आन्दोलित भएका हुन्।

प्रदर्शनकारीहरूले महासङ्घ सबै उद्योगी व्यवसायीको साझा संस्था हुनुपर्नेमा केही सीमित व्यक्तिको स्वार्थका कारण नयाँ संस्थाहरूलाई निषेध गर्न खोजिएको आरोप लगाएका छन्।








तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण