ट्रम्पले युद्धविराम लम्ब्याएपछि इरानद्वारा दुई जहाजमाथि आक्रमण
काठमाडौँ । इरानले स्टेट अफ होर्मुजमा दुई वटा जहाजमाथि आक्रमण गरेको छ । बेलायतको समुद्री व्यापार हेर्ने संस्था यूकेएमटीओका अनुसार बुधबार बिहान स्ट्रेट अफ होर्मुज क्षेत्रमा दोस्रो जहाजमाथि पनि गोली प्रहार भएको छ।
यूकेएमटीओले जनाएअनुसार इरानबाट बाहिरिँदै गरेको एक कार्गाे जहाजमाथि इरानबाट करिब ८ नटिकल माइल पश्चिममा भएको बेलामा गोली प्रहार गरिएको थियो ।
आक्रमणपछि जहाज रोकिएको छ । यसमा कुनै क्षति नभएको र चालक दल सुरक्षित रहेको पुष्टि गरिएको छ । संस्थाले उक्त क्षेत्रमा उच्च स्तरको गतिविधि भइरहेकाले सबै जहाजहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
जहाजको नाम यूफोरिया भएको अनि यो पनामामा दर्ता छ । जहाज संयुक्त अरब इमिरेट्मा आधारित कम्पनीको स्वामित्वमा रहेको छ । केप्लरको एआईएस डेटाअनुसार यो जहाज २२ अप्रिलमा स्ट्रेट हुँदै साउदी अरबको जेद्दाहतर्फ जाँदै थियो।
यसअघि बिहानै अर्काे घटनामा इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)को “गन बोट” ले एउटा कन्टेनर जहाजमाथि आक्रमण गरेको थियो । बीबीसी भेरिफाईका अनुसार उक्त जहाजको नाम “इपामिनोन्डास” हो र यो ग्रीक कम्पनीको स्वामित्वमा रहेको छ।
जहाजले स्ट्रेट पार गर्ने अनुमति पाएको भनिए पनि आईआरजीसीको बोटले नजिकिँदै गोली प्रहार गर्दा जहाजको ब्रिजमा गम्भीर क्षति पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण