सांसद रञ्जित कर्णले दिए साइबर ब्युरोमा उजुरी
सारांश
- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले आफूविरुद्ध भ्रामक समाचार फैलाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
- उनले आफूले प्रधानमन्त्रीसँग राखेको प्रश्नलाई तोडमोड गरी चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्।
- कर्णले प्रेस स्वतन्त्रता जिम्मेवारीसँग जोडिएको हुनुपर्ने बताउँदै गलत सूचना फैलाउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै सांसद कर्णले साइबर ब्युरोमा उजुरी दिएका हुन्।
सामाजिक सञ्जालमा आफूले नबोलेका कुरा तोडमोड गरी प्रस्तुत गरिएको भन्दै आफूले उजुरी दिएको कर्णले बताए । उजुरी दिएपछि सांसद कर्णले कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको बताए । तर गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ थियो। ‘प्रेस स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो,’ कर्णले भने ।
कर्णले प्रधानमन्त्रीसँग सोधेको प्रश्नलाई पनि तोडमोड गरेर आफू विरुद्ध भ्रम फैलाइएको बताए । आफूले समान कानुनी मापदण्डबारे प्रश्न उठाएको स्पष्ट पार्दै कर्णले ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप असत्य भएको बताए । यदि त्यस्तो प्रमाण भए कानुनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।
यस्तो छ उनको जाहेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण