संसद् अधिवेशन रोक्न सरकारले पठायो राष्ट्रपति कार्यालयलाई पत्र
सारांश
- सरकारले वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ।
- राष्ट्रपति कार्यालयका अनुसार सरकारले पठाएको पत्रमा अधिवेशन पुनः कहिले बोलाउने भन्ने मिति उल्लेख गरिएको छैन।
काठमाडौँ । सरकारले यही वैशाख १७ गतेका निम्ति आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ ।
सरकारको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । अधिवेशन रोकेर कहिले आह्वान गर्ने भन्ने मिति पनि पत्रमा उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
‘४ बजेतिर अधिवेशन रोक्ने पत्र आइपुगेको छ । अब कहिले अधिवेशन बोलाउने भन्ने कुनै मिति उल्लेख गरिएको छैन,’ राष्ट्रपतिको सचिवालयका एक पदाधिकारीले रातोपाटीसँग भने ।
राष्ट्रपति कार्यालयले अहिलेसम्म अधिवेशन रोकिसकेको छैन । राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।
राष्ट्रपति कार्यालयकी कानुन महाशाखा प्रमुख सहसचिव (कानुन) उर्मिला जीसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सङ्घीय संसद्को अधिवेशन आह्वानलाई स्थगित गर्न पत्र आइपुगेको जानकारी दिइन् ।
‘पत्र आइपुगेको छ । हामी छलफलमै छौँ, के गर्ने निर्णय भइसकेको छैन,’ जीसीले रातोपाटीसँग भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण