लागुऔषध दुर्व्यसनी तथा शङ्कास्पद गतिविधिमा संलग्न २८ जना नियन्त्रणमा
सारांश
- सुर्खेत प्रहरीले वीरेन्द्रनगरका विभिन्न स्थानबाट लागुऔषध दुर्व्यसनी र शङ्कास्पद गतिविधिमा संलग्न २८ जनालाई नियन्त्रणमा लिएको छ।
- पक्राउ परेकामध्ये दुई जनाको साथबाट १९४ ग्राम चरेससमेत बरामद गरिएको छ।
- नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट चरेससहित लागुऔषध दुर्व्यसनी तथा शङ्कास्पद गतिविधिमा संलग्न २८ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार दिनभर राजधानीका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
उनका अनुसार पक्राउ परेकाहरू विभिन्न स्थानहरूबाट लागुऔषध सेवन गर्ने, झैझगडा गर्ने, लागुऔषध मुद्दा लागेका तथा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरू छन् ।
‘अहिले हामीले यो गतिविधिलाई निकै टाइट गरिरहेका छौँ, अभियान नै चलाएर,’ उनले भने ।पक्राउ परेमा मध्ये २७ जना पुरुष र १ जना महिला रहेका छन् ।
साथै, नियन्त्रणमा लिइएका मध्ये चौकुने गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–८ बस्ने अन्दाजी ३६ वर्षका सर्जन शाही र सोही स्थान बस्ने ३५ वर्षीया दुर्गा शाहीको साथबाट १९४ ग्राम लागुऔषध चरेस बरामद गरिएको पनि बुढ्थापाले बताए ।
नियन्त्रणमा लिएकाहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
-
स्ट्रेट अफ होर्मुजमा तानातानः इरान–अमेरिका सम्झौता संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण