सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी प्रशिक्षण प्रतिष्ठानले ११४ रोपनी जग्गा पुनः प्राप्त गरेपछि प्रहरी महानिरीक्षकको कृतज्ञता

शुक्रबार, ११ वैशाख २०८३, ०९ : १८
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाल सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गरेको छ।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको यो निर्णयलाई प्रहरी सङ्गठनको सुदृढीकरणका लागि महत्त्वपूर्ण उपलब्धि भन्दै कृतज्ञता व्यक्त गरेका छन्।

काठमाडौँ । नेपाल सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने निर्णय गरेको प्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कृतज्ञता व्यक्त गरेका छन् । 

वैशाख १० गते मन्त्रिपरिषद्बाट भएको उक्त निर्णयलाई प्रहरी सङ्गठनको संस्थागत सुदृढीकरणका लागि अत्यन्त महत्त्वपूर्ण र दूरगामी उपलब्धि मानेको उनले उल्लेख गरेका छन् ।

कार्कीले एक सन्देश जारी गर्दै भनेका छन्– 'नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित प्रतिष्ठानको जग्गा पूर्ववत् रूपमै कायम हुँदा यसले दीर्घकालीन भौतिक पूर्वाधार विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास प्रहरीले लिएको छ। '

प्रतिष्ठानको जग्गा संरक्षण र फिर्ता ल्याउने कार्यका लागि विगत लामो समयदेखि निरन्तर पहल गर्दै आउने अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूको योगदानको पनि उनले स्मरण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप